बलवान एमाले, विजयी गठबन्धन : परिणाम अनपेक्षित

जनतामा परिवर्तनको चाहना भए पनि नयाँ कुनै राष्ट्रिय शक्तिको उदय नभएका कारण आम मतदाताहरू पुरानै दलका ‘यो या त्यो’ उम्मेदवारलाई मतदान गर्न बाध्य भएको चुनावी परिणामले देखाएको छ । दलहरूप्रतिको वितृष्णा जाहेर गर्ने प्रतीकात्मक कुनै उम्मेदवार खडा भएको स्थानमा जनताले त्यस्ता स्वतन्त्र व्यक्तिहरूलाई मतदान गरेर आफ्नो असन्तुष्टि जाहेर गरेका छन् । धनगढी उपमहानगर, जनकपुर उपनगरपालिका…