मिथिलाञ्चलमा १५ दिने मध्यपरिक्रमा महोत्सव, १२० किलोमिटर यात्रा

मिथिलाञ्चलमा आजदेखि १५ दिने मध्यपरिक्रमा महोत्सव सुरु हुँदैछ । फागुन औंसीदेखि पूर्णिमासम्म मनाइने महोत्सवमा धनुषाको कचुरी गाउँस्थित मिथिला बिहारी मठबाट रामजानकीको डोला जनकपुरधामको रत्नसाग मठ हुँदै जानकी मन्दिर ल्याइन्छ । त्यहाँबाट जानकीको डोला र जनकपुरका अन्य मठमन्दिरबाट ल्याइएका डोलासमेत समावेश गरेर परिक्रमा यात्रा प्रारम्भ हुने गर्छ । बिहीबार बिहान मिथिला बिहारीबाट उठाइने रामजानकीको डोलामा मधेस…