साहित्यकार डा. लम्साललाई क्षेत्रप्रताप साहित्य पुरस्कार प्रदान

गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँद्वारा स्थापित क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार साहित्यकार एवं सञ्चारकर्मी डा. नवराज लम्साललाई प्रदान गरिएको छ । तनहुँको ऋषिङ गाउँपालिकाको सभाहलमा शनिबार आयोजित एक कार्यक्रममा डा. लम्साललाई उक्त पुरस्कार प्रदान गरिएको हो । क्षेत्रप्रताप अधिकारीको सम्झनामा स्थापित उक्त पुरस्कारको राशि रु २५ हजार रहेको छ । गीतल राष्ट्रिय पुरस्कार–२०८०, तिला…