देउसी-भैलीको मौलिकपन जोगाउनै मुश्किल

कालिका खड्का, काठमाडौं (रासस) लक्ष्मीपूजाको दिन भैली र गोवर्द्धन पूजाको दिन देउसी खेल्ने नेपाली मौलिक धार्मिक परम्परा बिस्तारै लोप हुँदै गएको छ । झिलिमिली साँझमा घरका दैलोमा आएर भैली खेल्ने, आगनभरी घुमेर देउसी खेल्ने विगतका सांस्कृतिक मौलिक परम्परा आजभोलि विरलै देख्न पाइन्छ । शहरी क्षेत्रमा तिहार पर्व प्रारम्भ हुने वित्तिकै लक्ष्मीपूजा वा गोवर्द्धन पूजा नै…