पृथ्वीजयन्तीका अवसरमा प्रज्ञा प्रतिष्ठानले पुस्तक प्रदर्शनी गर्ने

नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्तीका अवसरमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले नेपाल प्रज्ञा प्रतिष्ठानले पुस्तक प्रदर्शनी गर्ने भएको छ । पुस २६ गतेदेखि सुरु हुने प्रदर्शनी १५ दिनसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा साहित्य, समालोचना, बाल साहित्य, कोश, कथा, कविता, इतिहास, लोक साहित्य, संस्कृति, ललितकला, सङ्गीत, विभिन्न ‘जर्नल’ गरी ५०० भन्दा बढी प्रकारका…