परिस्थिति(एक अमूर्त चिन्तन)-प्रकाश प्रधान

दिन घर्किरहेछ देश काँपिरहेछ स्थिति ढलमलाइरहेछ नेताहरूको कामभन्दा बोली ठूलो चर्को हामी पत्कर झैं कहाँ कहाँ डढिरहेछौँ संसार आश्चर्य मानिरहेछ छिमेक थकथकाइरहेछ नायक-खलनायक जुधिरहेछन् हामी पिँध नभएको लोटा गुडिरहेछौँ हिलोमा माछा मारिरहेछन् मौकावादी छट्टुहरु मालामाल भाइ-भाइचाहिँ हात हालाहाल दलालहरू कमालमाथि कमाल हामी बेसहारा अन्योल र हाहाकारमा छौँ समय जति तोके पनि नअडी बितिहाल्दो छ जनआकाङ्क्षा…