बोको हराम आक्रमणमा २७ हजारको मृत्यु, २२ हजार बेपत्ता, २० लाख विस्थापित

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा एक दशकअघि आतंकवादी संगठन बोको हरामले आक्रमण शुरु गरेयता हालसम्म करिब २२ हजार नाइजेरियाली नागरिक बेपत्ता भएका छन् । अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी)ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा आईसीआरसीको रेकर्डमा यति ठूलो संख्यामा बेपत्ता नागरिकको सूची सार्वजनिक भएको यो पहिलो रहेको जनाइएको छ । आईसीआरसीका अध्यक्ष पिटर माउरर हाल पाँचदिवसीय भ्रमणका सिलसिलामा नाइजेरियामा छन्…