टर्कीमा ५.७ म्याग्नीच्यूडको भूकम्प, सातको मृत्यु

टर्कीको सराएलाई केन्द्रविन्दु बनाएर आज (२३ फेब्रुअरी) ५.७ म्याग्नीच्यूडको भूकम्प गएको छ । जमिनको सतहदेखि १० किलोमिटर गहिराइमा गएको उक्त भूकम्पका कारण कम्तीमा सात जनाको मृत्यु भएको छ । टर्कीका आन्तरिक मामिलामन्त्री सुलेमन सोयलुले दिएको जानकारीअनुसार मृत्यु भएकामध्ये तीन जना बालबालिका रहेका छन् । भूकम्पका कारण अरु पाँच जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा…