ओमिक्रोनका कारण अहिलेसम्म कसैको मृत्यु नभएको डब्लूएचओद्वारा जानकारी

कोरोना भाइरसको नयाँ भेरिएन्टका रूपमा देखिएको ओमिक्रोनका कारण अहिलेसम्म कसैको मृत्यु नभएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जनाएको छ । विश्वभरिबाट सङ्कलन गरिएको ओमिक्रोनबाट सङ्क्रमितहरूको विवरण हेर्दा अहिलेसम्म कसैको पनि मृत्यु नभएको सम्बन्धित अधिकारीहरूको भनाइ छ । तर सङ्क्रमणको फैलावट भने तीव्र देखिएको राष्ट्रसङ्घीय निकाय डब्लूएचओले जनाएको छ । डब्लूएचओका प्रवक्ता क्रिश्चियन लिन्डमेइरले भनेका छन्,…