दक्षिणी नाइजेरियामा बन्दुकधारीद्वारा दुई जेल-अधिकारीको हत्या

नाइजेरियाको दक्षिणी राज्य इमोमा कारागारका दुई अधिकारीलाई गोली हानी हत्या गरिएको छ । दुई अधिकारीहरू राज्यको ओकिग्वे क्षेत्रमा गस्तीमा रहेको अवस्थामा उनीहरूलाई बन्दुकधारीहरूले आक्रमण गरेर हत्या गरेको नाइजेरियन सुधार सेवाका प्रवक्ता गुडलक उबोइगबुलमले राज्यको राजधानी ओवेरीमा पत्रकारहरूलाई बताएका छन् । उनले घटनाको पूर्ण प्रतिवेदन आउन बाँकी रहेको बताएका सिन्ह्वाले जनाएको छ । बुधबार नै नाइजेरियको…