पुनः गायनमै सक्रियता दर्शाउँदै चर्चित गायक प्रदीपराज

‘म तिम्रो शहर छोडी टाढा… टाढा जाँदैछु, तिमीसँग कहिल्यै नभेट्ने कसम खाँदैछु…’ अत्यन्त लोकप्रिय एवम् सदाबहार यस गीतका गायक प्रदीपराज पाण्डे पुनः गायनमै सक्रिय भएका छन् । लामो समय रेडियो नेपालको कर्मचारीका रूपमा रहँदा गायनलाई पर्याप्त समय दिन नसकेको बताउने सदाबहार गायक पाण्डे रेडियोको जागिर छोडेपछि फुर्सदिला बनेका छन् र, नियमित गीत गायनमा अभ्यस्त हुन…