डिजिटल प्रविधि भित्रिएपछि बाहिरिए पुराना चलचित्रकर्मी !

अहिले चलचित्र निर्माण र छायाङ्कनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गरेको छ । डिजिटल प्रविधि भित्रिएपछि चलचित्र निर्माण सहज र व्यवस्थित भएको छ । यसले प्रिन्ट लिएर चलचित्र भवन पुग्नुपर्ने प्रावधान हटाएर एउटै समयमा देशभर चलचित्र प्रदर्शन गर्न सक्नेगरी नयाँ युगमा प्रवेश गरेको हो । नेपालमात्र नभई विश्वभर एकसाथ चलचित्र प्रदर्शन हुन थालेका छन् । प्रविधिले…