एड्रियन पनि विद्यालय पुनर्निर्माणमा

हास्य कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरे सिन्धुपाल्चोकको गिरानचौरमा भूकम्पपीडितका लागि नमुना बस्ती निर्माणमा जुटिरहेका बेला अन्य गायक तथा सङ्गीतकारसमेत समाजसेवामा लागेका छन् । केही दिनअघि गायक प्रमोद खरेलले दोलखाको एउटा विद्यालय भवन पुनर्निर्माण गर्न त्यहीँ गएर साङ्गीतिक कार्यक्रमसहित आर्थिक सहयोग प्रदान गरेका थिए भने यसै क्रममा पपगायक एड्रियन प्रधान र उनका साथीहरूले काभ्रेपलाञ्चोकको होक्सेमा…