जापानमा एकैदिनमा हालसम्मकै बढी सङ्क्रमित

जापानमा एकैदिनमा दुई लाख ५५ हजार पाँच सय ३४ जनामा कोभिड-१९ को सङ्क्रमण भएको छ । एकै दिन संक्रमण भएको यो सङ्ख्या हालसम्मकै सबैभन्दा बढी हो । यसअघि एक दिनमा दुई लाख ५० हजार चार सय तीन जनामा उक्त सङ्क्रमण पुष्टि भएको थियो । कोभिडका कारण देशभर एकैदिनमा दुई सय ८७ जनाको मृत्यु भएको छ…