अष्ट्रेलियाको तासमनियामा एन्फाले छान्यो नयाँ कार्यसमिति

राजन घिमिरे, सिड्नी (अष्ट्रेलिया) प्रवासमा खेल र नेपाली खेलाडीहरूलाई प्रेत्साहन गर्ने उद्देश्यले गठन गरिएको अष्ट्रेलियन नेप्लिज फुटबल एसोसिएसन तासमनिया (एन्फा)ले नयाँ कार्यसमिति गठन गरेको छ । ८ सेप्टेम्बरका दिन अष्ट्रेलियाको तासमनियामा नयाँ कार्यसमिति गठन गरिएको हो । पूर्वखेलाडी जगदीश खड्काको अध्यक्षतामा गठन भएको नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा मनिष पोखरेल, सचिवमा सुदिप तामाङ, सहसचिवमा विशाल सुब्बा…