लुभेनवासी नेपालीले सामुहिक रूपमा मनाए नयाँ वर्ष उत्सव

सनत आचार्य, बेल्जियम बेल्जियमको लुभेन शहरमा बस्दै आएका प्रवासी नेपालीहरूले अंग्रेजी नयाँ वर्ष २०२३ लाई धुमधामका साथ स्वागत गरेका छन् । शनिवार लुभेनस्थित होटल मालोन तथा क्याफे डे लागारमा आयोजित नयाँ वर्ष इभ कार्यक्रममा उपस्थित नेपालीहरूले नयाँ वर्ष प्रारम्भ भएपछि एकापसमा शुभकामना आदानप्रदान गरे । कार्यक्रममा नेपालकी चर्चित गायिका सुनिता दुलालले आफ्ना लोकप्रिय गीतहरू सुनाएर…