राजकुमार ह्यारीको नेपाल यात्रा

लण्डन । यही १९ तारिख, राजकुमार ह्यारीको ६ दिने औपचारिक नेपाल भ्रमणको विस्तृत विवरण प्रिन्स अफ वेल्सको कार्यालयले वेबसाइटमार्फत सार्वजनिक गरेको छ । यो वर्ष, बेलायत र नेपालबीचको दौत्य सम्वन्धको २०० वर्ष पुगेको अवसरलाई महत्व दिँदै दुई देशबीचको सम्वन्धलाई गाढा पार्नको लागि गरिएको भ्रमणको रुपमा राजकुमार ह्यारीको यस ६ दिने औपचारिक भ्रमणलाई लिइने बताइएको छ…