बाल ठाकरे :कार्टुनिस्टदेखि शक्तिशाली नेतासम्म

कट्टर हिन्दूवादी नेताको छवि बनाएका भारत महाराष्ट्रका अत्यन्त प्रभावशाली व्यक्तित्व तथा शिवसेना प्रमुख बाल ठाकरेको ८६ वर्षको उमेरमा गत साता मुम्बईमा निधन भयो । महाराष्ट्रमा अत्यन्त लोकप्रिय र त्यत्तिकै विवादास्पद ठाकरेको अन्त्येष्टिमा सहभागी हुन मुम्बईमा अभूतपूर्व रूपमा मानव–सागर उर्लियो । ठाकरेको मृत्युमा उनका परिवारका सदस्य, आफन्त वा परिजन मात्र नभई सामान्य समर्थकहरूसमेत कोक्किई–कोक्किईकन रोएका देखिए…