सचिवद्वारा आचारसंहिता उल्लङ्घन

नेपाल र भारतबीच युवा साझेदारी कार्यक्रमअन्तर्गत दुई देशबीचका युवालाई फरक–फरक देशमा भ्रमण गराई विभिन्न ज्ञान, सीप आर्जन गर्नका निम्ति बनाइएको कार्यक्रमलाई दुरुपयोग गर्दै युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशकुमार दाहाल एक जम्बो टोलीका साथ गत शनिबार सप्ताहव्यापी भारत भ्रमणमा निस्किएका छन् । स्मरणीय छ, नेपाल सरकारद्वारा घोषित वैशाख ३१ को स्थानीय निर्वाचनका लागि जारी गरिएको…