दुर्घटनामा एकीकृत समाजवादीका नेता चौधरीको निधन

सप्तरीमा सोमबार साँझ भएको सवारी दुर्घटनामा नेकपा (एकीकृत समाजवादी)का नेता रामनारायण चौधरीको निधन भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका-५ स्थित खरचुहिया सडक खण्डमा चौधरी सवार स. १० प ४६११ नंको स्कुटरलाई ना.६ख ६३९९ नंको ट्रकले ठक्कर दिएको थियो । ठक्कर दिने ट्रकका चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी…