साझा यातायातले सुरु गऱ्यो राजधानीमा विद्युतीय बस

साझा यातायातले राजधानीमा विद्युतिय बस सञ्चालनमा ल्याएको छ । सुरुवाती परिक्षणको रुपमा तीन वटा बस आजबाट सञ्चालनमा ल्याइएको हो । थप ३७ थान विद्युतिय बस आगामी साउन मसान्तसम्म भित्रिने आज एक विज्ञप्ति जारी गर्दै साझा यातायातले जनाएको छ । साझाको विद्युतिय बसको ‘सफ्ट लन्च’ आज साझा यातायातका संस्थापक अध्यक्ष विश्वबन्धु थापाबाट गरिएको थियो । ‘नेपाल…