‘विदेशी दबाब र प्रभाव बढ्यो, राष्ट्रवादी शक्ति एकजुट हुनुपर्छ’ : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा विदेशी दबाब र प्रभाव बढ्दै गैरहेकाले राष्ट्रवादी शक्ति एकजुट हुनुपर्ने बताएका छन् । हेटौंडाको पदमपोखरीमा शनिबार आयोजित कार्यक्रममा थापाले मुलुकको स्वाधिनता र स्वाभिमानको रक्षा, राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक समृद्धि, भ्रष्टाचार अन्त्यको निमित्त राष्ट्रवादी शक्ति एक ठाँउमा आउनुपर्ने बताएका हुन् । थापाले मुलुकमा बेथिति र कुशासन ल्याउने शक्ति…