काभ्रेपलाञ्चोकमा आजदेखि टिपर चलाउन निषेध

दशैँमा सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लास्थित दुई राजमार्गमा आजदेखि टिपर सञ्चालन निषेध गरेको छ । कार्यालयले अरनिको र विपी राजमार्गमा टिपर सञ्चालन निषेध गर्दै अन्य सवारीसाधनका लागि टाइम कार्ड लागू गर्ने निर्णय गरेको हो । यातायात सेवा समितिका पदाधिकारीसँगको छलफलमा दुई राजमार्गमा आजदेखि असोज २४ गतेसम्म टिपर सञ्चालन गर्न नपाउने तथा…