मन्त्री कार्कीद्वारा कानुन मन्त्रालयको पदभार ग्रहण

photo: rss कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज पदभार ग्रहण गर्नुभएको छ । संचार तथा सूचना प्रविधिमन्त्री कार्कीले कानुन मन्त्रालयको समेत जिम्मेवारी लिनुभएपछि आज पदभार ग्रहण गर्नुभएको हो । सो अवसरमा मन्त्री कार्कीले कानुनी शासन र सुशासनलाई व्यवहारिकरूपमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “कानुनको पहुँचमा नभएकाहरूलाई केन्द्रमा राखेर कानुन निर्माण…