भेरी किनारमा भोज खाना गएका एकको मृत्यु, एक बेपत्ता

भेरी नदीको किनारमा वनभोज खान गएका जाजरकोट भेरी नगरपालिका-४ का २० वर्षीय रोशन खड्काको मृत्यु भएको छ । भेरी नगरपालिका ३ का २६ वर्षीय विक्रान्त केसीचाहिँ सोही नदीमा बेपत्ता भएका छन् । प्रहरीले जनाएअनुसार नदीमा डुबेका वीरेन्द्र शाहीलाई भने जीवितै उद्धार गरिएको छ । रोशन र वीरेन्द्र डुबेपछि साथीहरुलाई बचाउन गएका विक्रान्त बेपत्ता भएका छन्…