बाजुरा केन्द्रबिन्दु भएर भूकम्प

बाजुरा जिल्लाको काँडा क्षेत्र केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गत काँडा आसपास केन्द्रबिन्दु भएर आज बिहान ५ बजेर १३ मिनेट जाँदा ४.१ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर बुधबार बिहान गएको भूकम्पको धक्काले घर भत्किँदा ६ जनाको…