ललितपुर २ प्रदेश सभा २ मा कांग्रेसका चित्रकार विजयी

ललितपुर निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा २ सदस्यमा नेपाली कांग्रेसका रामकृष्ण चित्रकार विजयी भएका छन् । सत्ता गठबन्धनकोतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रकारले नेकपा एमालेका उम्मेदवार ज्ञानेन्द्र शाक्यलाई १६३ मतले पछि पार्दै बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले जनाएअनुसार चित्रकारले ६ हजार ९९५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी…