पन्ध्रौँ वार्षिकोत्सवमा विज्ञजनद्वारा मैत्रियको प्रशंसा

‘सहकारी संस्थाहरू सङ्कटमा परेका छन्, जनताको पैसा पचाएर भाग्ने गरेका छन्, सहकारीमा पैसा राख्नु जानाजान खतरा निम्त्याउनु हो… भन्ने जस्ता चर्चा यदाकदा सुनिन्छ । हिजोआज यस्तो धारणाले अलिक जरो गाडेको महसूस हुन्छ । तर सहकारीका सञ्चालक बदमास भएर मात्र सहकारी डुब्ने होइन, बरु सेयरधनी सदस्यहरूले सहकारीका क्रियाकलापप्रति सरोकार नराख्दा या सेयर सदस्यले निर्वाह गर्नुपर्ने कर्तव्य…