नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको चौथो दिन सोमबार के-के हुँदैछ ?

काठमाडौंले छेकेको काठमाडौंबाहिरको रङ्गमञ्चको कुरा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) चौथो दिनमा आइपुगेको छ । चौथो दिन सोमबारदेखि प्यानल डिसकसनका कार्यक्रम पनि सुरु हुँदैछ । त्यस्तै नेपालका दुई नाटकको मञ्चन र कार्यशाला महोत्सवमा तय छ । ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्च : विविधताको उत्सव’को रुपमा मनाइरहेको महोत्सवमा सोमबार ‘काठमाडौंले छेकेको नेपाली रङ्गमञ्चको दु:ख :…