छोराको ज्यान बचाइदिन ठकुरीको आग्रह

गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडा नं २ हाँडीखोला निवासी प्रकाश ठकुरीले आफ्नो अढाइ वर्षका छोराको ज्यान बचाइदिन सहयोगको याचना गरेका छन् । एक्कासी बान्ता गरेर अचेत भएका अभिषेक ठकुरी यतिखेर शिक्षण अस्पताल महाराजगञ्जको आइसीयुमा उपचारका क्रममा मृत्युसँग जुध्दै छन् । भैरहवा मेडिकल कलेजमा चार दिन अचेत रहेका बालक शिक्षण अस्पतालमा पाँच दिनदेखि अचेत छन् ।…