पाटेबाघको छालासहित ६ जना पक्राउ

धादिङको गजुरी गाउँपालिका–२ वालसिङबाट पाटेबाघको छालासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बाघको छाला ओसारपसार हुँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरी टोलीले छापा मारेर दुर्लभ पाटेबाघको छाला एक थान, तीनओटा मोटरसाइकलसहित ६ जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले जानकारी दिनुभयो । प्रहरीले खानतलासी गर्दा बा. १८ प ९६९३ नम्बरको…