जातीय विभेदको एक परिणति : सुनार थर बदलेर शाह !

जाजरकोट/ नागरिकता प्रमाणपत्रमा सङ्गीताको यसअघिको थर सुनार अहिले बदलिएर शाह भएको छ । समाजमा ‘दलित’ भनेर अवहेलना र जातीय विभेद गरिने भएकाले नागरिकतामै थर बदलेको सङ्गीताले बताउनुभयो । भेरी नगरपालिका–३, स्याँलाका रविलाल सुनार पनि हालै शाह हुनुभएको छ । रविलालले जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्रमै जात बदलेर थर परिवर्तन गर्नुभएको हो । कुशे गाउँपालिका–१…