युक्रेन द्वन्द्व सुरुभएयता पहिलो पटक अमेरिका र रुसी रक्षा प्रमुखबीच फोनवार्ता

अमेरिकी रक्षामन्त्री लोयड अस्टिन र रुसी रक्षा मन्त्री सेर्गेई शोइगुबीच फोनवार्ता भएको छ । रूसले युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेपछि यी दुवै मन्त्रीबीच पहिलोपटक शुक्रबार फोनवार्ता भएको हो । युक्रेनमा तत्काल युद्धविरामको लागि अस्टिनले आग्रह गरेका पेन्टागनका प्रेस सेक्रेटरी जोने किर्बीले बताएका छन् । यसअघि अस्टिन र शोइगुबीच गत फेब्रुअरी १८ वार्ता भएको किर्बीले…