ओली–दाहालबीचको छलफल निष्कर्षबिहिन

ओली–दाहालबीचको छलफल निष्कर्षबिहिन


पार्टी एकीकरणका विषयमा बिहीबार बिहान र दिउँसो बसेको नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको भेटवार्ता निष्कर्षबिहिन भएको छ ।

प्रधानमन्त्री निवासमा छलफल भएको बैठकमा चाँडै पार्टी एकता गर्ने विषयमा छलफल भएको बुझिएको छ ।

दुवै दलले वैचारिक र सांगठनिक प्रतिवेदन तयार गरी मिल्न बाँकी विषयको टुंगो लगाउन अध्यक्षहरुलाई जिम्मा दिएको थियो ।