२ जेष्ठ २०७८, आईतवार

बर्तौला अनेरास्ववियूको कावा अध्यक्ष, युवा संघमा रमेश

  प्रकाशित मिति
१० बैशाख २०७५, सोमबार १७:११


नेकपा (एमाले)निकट अनेरास्ववियुको कावा अध्यक्षको जिम्मेवारी उपाध्यक्ष महेश बर्तौलाले पाएका छन् । अनेरास्ववियूका अध्यक्ष तथा सांसद नवीना लामाले आफूले व्यक्तिगत र पारिवारिक कारणले संगठनको नियमित कार्यसम्पादन र नेतृत्वको अगुवाइ गर्न नसक्ने जनाउँदै सोमबारदेखि नै कावा अध्यक्षको काम गर्ने गरी बर्तौलालाई जिम्मेवारी सुम्पिएकी हुन् । अनेरास्ववियूको २२ औँ राष्ट्रिय महाधिवेशनबाट लामा अध्यक्षमा निर्वाचित भएकी थिइन् ।

यसैगरी, युवा संघ नेपालका निवर्तमान अध्यक्ष राजीव पहारीले पनि अध्यक्ष रमेश पौडेललाई आज पद हस्तान्तरण गरेका छन् । युवा संघको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष पहारीबाट पद ग्रहण गर्दै अध्यक्ष पौडेलले राष्ट्रको समृद्धि र विकासका लागि युवालाई अगाडि बढाउने तथा एक युवा एक रोजगार सिर्जना गरिने बताए ।

कार्यक्रममा सांसदद्वय तथा युवा संघका पूर्व अध्यक्षद्वय महेश बस्नेत, नीरु पाललगायतले युवा आन्दोलनलाई युवाको विषयमा केन्द्रित गर्नुपर्ने बताए ।

युवा संघका निवर्तमान अध्यक्ष पहारी कास्कीबाट प्रदेशसभामा निर्वाचित भएपछि यही वैशाख ३ र ४ गते सम्पन्न भएको संघको केन्द्रीय कमिटी बैठकले पौडेललाई निर्वाचित गरेको हो । बैठकले उपाध्यक्षमा किरण पौडेल, प्रभातविक्रम कटुवाल, क्रान्ति बुर्लाकोटी, परशुराम बस्नेत, गोविन्द थापा र चन्द्र लामा तथा महासचिवमा नरेश शाहीलाई चयन गरेको हो ।

०६९ फागुन ११ गते भएको संघको आठौँ राष्ट्रिय महाधिवेशन भएपछि अर्को महाधिवेशन हुन सकेको छैन । प्रत्येक तीन तीन वर्षमा हुने महाधिवेशन हुन नसकेपछि केन्द्रीय कमिटी बैठकले नेतृत्व चयन गर्दै आएको छ । यसअघि निरु पाल र पहारीलाई पनि केन्द्रीय कमिटीले अध्यक्षमा निर्वाचित गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लोपटक लिएको पद तथा गोपनीयताको शपथबारे स्पष्ट गर्न र गैरसांसदलाई मन्त्री बनाउने काम बदर गर्न माग

दलभित्रको विवादको समाधान आपसी छलफलबाट निकाल्ने क्रममा नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच

विभाजनको दिशामा जसपा जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले पार्टी केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको स्पष्ट पारेका

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिएलगत्तै नेकपा माओवादीका अध्यक्ष प्रचण्डको एक अभिव्यक्ति सार्वजनिक भयो ।