चैत २२ मै जुर्ला त एमाले–माओवादी पार्टी एकताको साइत ?

चैत २२ मै जुर्ला त एमाले–माओवादी पार्टी एकताको साइत ?


आगामी चैत २२ गते एमाले र माओवादीबीच पार्टी एकता हुने भएको छ । निकै लामो प्रतिक्षा, छलफल र बहसपछि एमाले माओवादीबीच पार्टी एकता हुने भएको हो ।

यसअघि नेपाल कम्यूनिष्ट पार्टीको स्थापना दिवस पारेर वैशाख ९ गते एकता घोषणा गर्ने तयारी थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण अगाडि नै एकता घोषणा टुंग्याउन आग्रह गरेपछि २२ गते नै पार्टी एकता गर्ने टुङ्गो लागेको माओवादीका नेताहरुले बताएका छन् ।

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले पार्टी एकताका लागि आन्तरिक तयारी भइरहेकोले चैत २२ मै एकता हुन संभावना बढि रहेको जानकारी दिए ।

उता, पार्टी एकताका योजनाकार नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले एकताको विषयलाई लम्ब्याउन नहुनेमा जोड दिए । उनका अनुसार बैशाख १० गते पार्टी एकताको घोषणा गर्ने योजना सुनाइरहँदा चैत २२ मै गर्नुपर्नेतर्फ एमाले अध्यक्ष केपी शर्मा ओलीले पहल अगाडि बढाएपछि माओवादी पनि तात्तिएको हो ।