२१ माघ २०७९, शनिबार

हजार नाघ्यो गुटामा मृत्यु हुनेको संख्या

  प्रकाशित मिति
२७ फाल्गुन २०७४, आइतबार १२:२१


सिरियाको पूर्वी गुटामा गत २० दिनयता जाारी रहेको हवाई कारबाहीमा परी एक हजारभन्दा बढी सर्वसाधारण नागरिक मारिएका छन् । विद्रोहीले नियन्त्रणमा लिएको भनिएका सहरमध्येको सबैभन्दा ठूलो सहर पूर्वीगुटामा सरकारी सुरक्षाकर्मीले विद्रोही विरुद्ध रक्षात्मक आक्रमण गरेका थिए ।

सरकारी सुरक्षा फौज सेनाको सहयोगका लागि गठन भएको यहाँको अर्धसैनिक बलले गत फेब्रुअरी १८ देखि पूर्वी गुटामा सैन्य अभियान चलाएका थिए ।

सो अभियान सुरुगरेयता आधाभन्दा बढी क्षेत्रलाई सरकारी सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिएको पनि बताइएको समाचारमा उल्लेख छ ।

उक्त क्षेत्रका थोरै ठाउँको दरले सबैलाई आफ्नो नियन्त्रणमा लिँदै जाने रणनीतिअनुसार उनीहरुले केही ठाउँ अहिले नियन्त्रणमा लिएका हुन् ।

सरकारी सैन्य बलले शनिबार गुटाको मुख्य ठाउँ डौमालाई सफलतापूर्वक विद्रोहीबाट मुक्त गरेको सिरियन अब्जरभेटरी फर ह्युमन राइटसले जनाएको छ ।

शनिबार मात्रै डौमामा कम्तीमा २० जना मारिएका छन् । मारिनेमध्ये चारजना बालबालिका पनि रहेका छन् । त्यसैगरी अर्को ठाउँमा अरु १७ जना मारिएको पनि अनुगमनकर्ताले जनाएका छन् ।

पूर्वीगुटा क्षेत्रमा अहिलेसम्म मारिनेको संख्या एक हजार ३१ पुगेको छ । मारिनेमध्ये २१९ जना बालबालिका रहेका छन् ।

आक्रमणमा परी चार हजार ३४० भन्दाबढी मानिस घाइते भएको अनुगमनकर्ताले जानकारी दिएको पनि आइतबार प्राप्त पछिल्लो समाचारमा उल्लेख गरिएको छ ।

उता सो क्षेत्रमा राष्ट्रसंघीय सहायताकर्मीले निकै प्रयास गरेको भए पनि सहायता वितरण गर्न अझै सकेका छैनन् ।

उनीहरुले शनिबारका लागि गरेको प्रयास पनि आंशिकरुपमा मात्र सफल भएको छ । सहायता सामग्री बोकेका केही ट्रक डौमा क्षेत्रमा पुगेको भएपनि उनीहरुले निर्वाधरुपमा वितरण गर्न भने सकेका छैनन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

अस्ट्रेलियाको पश्चिमी क्षेत्रमा नदीमा पौडी खेल्ने क्रममा शार्कको आक्रमणमा परी शनिबार १६ वर्षीया एक किशोरीको मृत्यु भएको छ । पर्थको

खगोलविद्हरूले बृहस्पतिमा थप १२ वटा चन्द्रमा पत्ता लगाएका छन् । यो सँगै सौर्यमण्डलमा सबैभन्दा धेरै चन्द्रमा भएको ग्रह बृहस्पति भएको

बेइजिङले बेलुन घटना चीनलाई बदनाम गर्ने बहानाका रूपमा प्रयोग गरिएको बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले शनिबार अमेरिकी विदेशमन्त्री

कोरोना महामारीका कारण करिब तीन वर्षदेखि बन्दप्रायः रहेको हङकङ र मकाउका बासिन्दाको चीन आउजाउ अब पूर्णरूपमा खुला भएको छ ।