‘शून्य भ्रष्टाचार’लाई यथार्थमा बदल्ने हो भने…

‘शून्य भ्रष्टाचार’लाई यथार्थमा बदल्ने हो भने…


– स्वामी ध्यान राजेश, ओशो तपोबन

प्रधानमन्त्री केपी ओलीज्यूले दोस्रोपटक मुलुकको सर्वोच्च कार्यकारी ओहदाको सपथ लिनुभएलगत्तै ‘शून्य भ्रष्टाचार’ आफ्नो लक्ष्य रहने अभिव्यक्ति दिनुभयो, जो अत्यन्त सुखद र स्वागतयोग्य कुरा हो । तर, प्रधानमन्त्रीज्यूको यस अभिव्यक्ति सुनेर खुशी भइरहँदा यो खुशी फगत कुरामा सीमित रहने हो वा व्यवहारमै सिद्ध भएर साँच्चैको खुशी मनाइन पाइने हो, आगामी दिनका उहाँका क्रियाकलाप या कदमले दर्शाउने नै छ । किनकि, वक्तव्यमा उल्लेख हुँदैमा त्यो कार्यान्वयनमा आइहाल्ने होइन । यसका लागि पहिले पुर्वाधार तयार हुनुपर्छ । पुर्वाधार भन्नाले पहिलो– कार्यान्वयन गर्ने निकाय, दोश्रो– त्यसलाई यथेस्ट अधिकार र तेश्रो– योग्य पदाधिकारी तथा सहयोगी भूमिकामा रहने योग्य कर्मचारीहरूको ब्यस्थापन हो ।

पहिलो र दोश्रो आवश्यकताअनुसार निकाय पनि छ र सो निकाय आवश्यक अधिकारसम्पन्न पनि छ । अब रह्यो सो निकाय सञ्चालक र सञ्चालकलाई पूर्ण सहयोग गर्ने योग्य कर्मचारी वर्गको सवाल । यहाँनेर चाहिँ उहाँले मार खाएको कुरा विगतका दुई प्रमुखहरूको कार्यकाल र वहाँहरुले भ्रष्टाचारको उन्मूलनमा गरेका कामको निराशाजनक उपलब्धिलाई नियाल्नुपर्ने हुन्छ । ती कार्यकालमा उल्टै भ्रष्टाचार बढाउनमा विशेष योगदान पुगेको चर्चा चल्दै आएको छ ।

प्रधानमन्त्रीज्यू साँच्चिकै भ्रष्टाचार निर्मुल गर्न चाहनुहुन्छ भने महत्वपूर्ण निकायका प्रमुखको नियुक्तिमा विशेष चनाखो रहेर लोभ र डर नभएका योग्य ब्यक्ति छनोट गर्नुपर्ने हुन्छ । कस्ता ब्यक्ति लोभ र डरबाट प्रभावित हुँदैनन् भनी हेरियो भने साँच्चिैका आध्यात्मिक ब्यक्तिमा मात्रै त्यस्तो गुण सम्पन्न हुनेगरेको पाइन्छ ।

यसर्थ, प्रधानमन्त्रीज्यू साँच्चिकै भ्रष्टाचार निर्मुल गर्न चाहनुहुन्छ भने महत्वपूर्ण निकायका प्रमुखको नियुक्तिमा विशेष चनाखो रहेर लोभ र डर नभएका योग्य ब्यक्ति छनोट गर्नुपर्ने हुन्छ । कस्ता ब्यक्ति लोभ र डरबाट प्रभावित हुँदैनन् भनी हेरियो भने साँच्चिैका आध्यात्मिक ब्यक्तिमा मात्रै त्यस्तो गुण सम्पन्न हुनेगरेको पाइन्छ । यसर्थ, अब प्रमुख नियुक्त गर्दा कानुन र राज्य ब्यवस्था राम्ररी बुझेको प्रमाणित भएका र विगतमा कुनै पनि भ्रष्टाचारमा सङ्लग्न नदेखिएका अनुभवी र साँच्चिकैका आध्यात्मिक, ढोँगमुक्त ब्यक्तिको खोजी हुनुपर्छ । अनि मात्रै आशा गरेजस्तो भ्रष्टाचार शून्यको अभियानले सकारात्मक परिणाम देखाउला ।

पहिलेझैँ राजनीतिक भागबण्डा तथा आर्थिक लाभ लिएर नियुक्त गर्ने परम्परा निरन्तर भएमा भ्रष्टाचार घट्ने भन्दा अझ तिव्रता लिने र यसले अरु निराशाजनक स्थितिको सिर्जना हुने त निश्चित नै छ । साथै, सबै क्षेत्रमा विकृति व्याप्त हुने छ र नेपाललाई आस्थिर बनाई राख्न खोज्नेहरूलाई थप सहयोग पुग्ने छ । यसमा प्रधानमन्त्री केपी ओलीज्यूको विशेष ध्यान पुगोस् । सबै पक्षबाट आशा गरिएका प्रधानमन्त्री केपीलाई फेरि एकपटक बधाई छ ।