पत्नी र किड्नीले बदलेका दुई नेता

पत्नी र किड्नीले बदलेका दुई नेता


– देवप्रकाश त्रिपाठी

हरेक मानिस जीवनमा भएका घटनाक्रमबाट पाठ सिक्छन् र आफ्नो सोच–व्यवहारमा सानो या ठूलो परिवर्तन ल्याइरहन्छन् । तर, नेपाली राजनीतिको शीर्ष भूमिकामा रहेका दुई नेताबीचको जीवनमा भएका दुई अलग घटनाले उहाँहरूको सोच–व्यवहारमा भिन्न, तर अधिक असामान्य परिवर्तन ल्याएको महसुस समकालीन नेपाली समाजले गरेको छ । हाल प्रधानमन्त्री रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओली र काङ्ग्रेस सभापति शेरबहादुर देउवाको जीवनका एक–एक घटनाले उहाँहरूमा अनौठो गुणात्मक परिवर्तन देखिन्छ ।

शेरबहादुर देउवा आफ्नो विवाहभन्दा अघि मित्रवत् व्यवहार, खुलापन, अति सामान्य जीवशैली र उदारतापूर्ण सोचका कारण सहकर्मी र शुभचिन्तकमाझ ‘प्रिय’ हुनुहुन्थ्यो । अहङ्कार जनाउने कुनै सङ्केत उहाँका व्यवहारमा प्रकट हुँदैनथे । निष्कपट र निर्दोष चालचलनले देउवालाई आफ्नो पार्टीभित्र मात्र नभई भिन्न राजनीतिक खेमासम्म सहज र सरल व्यक्तिका रूपमा स्थापित गराएको थियो । धन सङ्ग्रह गर्ने सोच–चरित्र उहाँको छँदै थिएन, बरु आफ्नो भविष्यप्रति निष्पृह व्यक्तिका रूपमा उहाँलाई लिइन्थ्यो । थोरैले गुजारा चलाउने र धेरैलाई खुसी बनाएर आफू त्यसैमा प्रसन्न रहने उहाँको स्वभाव थियो ।

तर, ०५१ मा राजधानीमा जन्मिएकी एक युवतीसँग विवाह गरेपछि शेरबहादुर देउवामा यति ठूलो बदलाव देखाप¥यो कि पुरानो शेरबहादुरका सबै चिनो मेटिए । पहिरन, बसोवास, सोच, व्यवहार र चरित्रमा यस्तो परिवर्तन देखापऱ्यो कि उहाँले ‘आफ्ना’ र आफ्नाले उहाँलाई चिन्न नसक्ने स्थिति बन्यो । पहिले सबैको प्रिय हुनुहुन्थ्यो, एउटीको ‘प्रिय’ बनेपछि सबैको प्रिय बन्ने जागरुकता उहाँमा देखिन छोड्यो । पहिले सत्तामा रहँदा पनि ‘जनता’जस्तो महसुस हुन्थ्यो, विवाहपछि सत्ताविहीन रहेको अवस्थामा समेत शेरबहादुरमा ‘शासक’ गन्हाउन थाल्यो । एउटी स्त्रीसँग विवाह या सङ्गत भएकै कारण यो हदसम्मको परिवर्तन कसैको जीवनमा आउन सक्छ भन्ने एउटा ‘मार्केबल’ उदाहरण देउवा बन्नुभएको छ ।

मतलब साध्यका निम्ति विवाह रच्ने युवतीको फन्दामा परेयता देउवाका हरेक व्यवहार पनि ‘मतलबी’ नै हुने गरेका छन् । उहाँको आफ्नोवरिपरि जुन घेरा देखिन्छ त्यो पनि ‘दोहोरो मतलब’को एउटा रोचक तस्बिर मात्र भएको बुझ्न सकिन्छ । अर्थात् देउवाले आफ्नो ‘मतलब’ पूर्तिको लागि ‘घेरा’ बनाउनुभएको छ र घेराबन्दीमा सामेल पात्रहरू पनि आ–आफ्नो ‘मतलब पूर्ति’का निम्ति मात्र देउवाका वरिपरि झुम्मिएको प्रतीत हुन्छ । यसरी विवाहजस्तो सामान्य घटनाले एउटा पार्टीको नेता भूमिकाका मानिसमा ल्याएको असामान्य परिवर्तनको उदाहरणका रूपमा शेरबहादुर देउवाको स्मरण भइरहने सम्भावना छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको जीवनमा धेरै उतारचढावपूर्ण घटना भएका छन् । सामान्य व्यक्ति विद्रोही ‘नक्स्लाइट’ बन्नु, डेढ दशकसम्म जेल र जेलभित्र वर्षौं कालकोठरीको यातना भोग्नु तथा कारावासमै प्राणान्त हुने ठानिएका बेला अचानक कारामुक्त हुनुजस्ता घटनाले केही न केही परिवर्तन ल्याएको महसुस उहाँ आफैँले गर्नुभएको होला, बाह्य संसारले महसुस गर्नेस्तरको परिवर्तनचाहिँ उल्लिखित घटनाक्रमले ल्याएको देखिएन । बाह्र वर्षअघि उहाँको आफ्नै मिर्गाैलाले काम गर्न छोडेपछि अरूसँग सापटी लिएको अङ्ग प्रत्यारोपण गरेर जीवनलाई निरन्तरता दिने स्थितिमा जब पुग्नुभयो, यस घटनाले चाहिँ केपी ओलीको सोच–व्यवहारमा भारी परिवर्तन ल्याएको महसुस धेरैले गरेको हुनुपर्छ ।

मुलुकको कार्यकारी प्रमुख नभईकन देशका निम्ति ठोस कुनै योगदान पुऱ्याउन नसकिने, राज्यको कार्यकारी प्रमुख बन्न काङ्ग्रेसजस्तो प्रजातन्त्रवादी भनिने पार्टी असहयोगी रहने भएपछि ‘बाँदरसँग लगनगाँठो कस्नुपर्ने’ अवस्थाबाट केपी ओली गुज्रनुपरेको पनि नबुझिने होइन । तर, प्रचण्डसँगको सहकार्यले ओलीको आफ्नै उचाइ, विश्वसनीयता, सम्मान र भरोसामा क्षति पुऱ्याउने खतरा पैदा गरेको छ ।

ओलीमा आएको यस्तो परिवर्तनको महसुस आमनेपाली जनता र नेपालप्रति चासो राख्ने अन्तर्राष्ट्रिय समुदायले समेत गरेका छन् । मिर्गाैला प्रत्यारोपण हुनुअघि केपी ओलीलाई वाणीमा विशिष्टता भएको एक सामान्य मानिसका रूपमा लिइन्थ्यो । व्यक्तिगत व्यवहार तथा अल्छीपन र गुटगत सोचका कारण सहकर्मी नेताहरू उहाँसँग दूरीको सम्बन्धमा रहन्थे । ओलीका कुरालाई अत्यन्त हल्का र ‘ह्युमरस’ ठानिन्थ्यो । सङ्गठन गर्न रुचि नलिने, समयको हेक्का कहिल्यै नराख्ने र सानासाना स्वार्थका लागि जो–कोहीसँग र गैरनेपालीसँग पनि सम्झौता गर्ने व्यक्तिका रूपमा ओलीलाई लिइन्थ्यो । एमालेभन्दा बाहिरका मानिसको ध्यान ओलीप्रति अत्यन्त न्यून मानिन्थ्यो, पार्टीभित्र उहाँलाई राम्रो ठान्ने मानिसलाई समेत ‘नराम्रो’ मान्ने स्थिति थियो ।

एमालेमा झलनाथ खनाल र माधवकुमार नेपालहरूको ‘चकचकी’ भएका बेला अहिले ईश्वर पोखरेल र भीम रावलहरूले कसैको आश्रय लिएर आफ्नो भूमिका र भविष्य सुरक्षित तुल्याउन खोजेझैँ ओली पनि कसै न कसैको सहारा लिएर आफ्नो भविष्य सुनिश्चित गर्ने स्तरमा देखिनुहुन्थ्यो । दमित रहेको महत्वाकाङ्क्षा र केही गरेर देखाउने इच्छाले सम्भवतः उहाँलाई धेरैतिर सम्झौता गर्न बाध्य तुल्याउँदो हो । कुनै बेला छिमेकी मित्रराष्ट्र भारत र एकताक तात्कालिक राजदरबारसँगको निकटतालाई पनि परिस्थितिजन्य आकाङ्क्षाको बाध्यात्मक उपजका रूपमा बुझ्न सकिन्छ । तर, मिर्गाैला प्रत्यारोपणपछि केपी ओलीमा आएको परिवर्तन सामान्य रहेन ।

मृत्युलाई जितेपछि ओलीमा मृत्युसँगको भय ह्रास भएको उहाँका सोच–व्यवहारले देखाउँछ । पार्टी र विचार समूहको सीमाभन्दा माथि रहने, देशलाई केन्द्रबिन्दुमा राखेर सोच्ने, प्राविधिक सीमाहरूलाई लत्याएर अघि बढ्न खोज्ने भयरहित सोच–व्यवहार केपी ओलीबाट प्रकट हुन थालेको मिर्गाैला प्रत्यारोपणपछि नै हो । यस अपधिमा जुन प्रकारको परिवर्तन केपी ओलीमा आएको ठानिएको छ त्यसलाई कार्य–व्यवहारमा अनुवाद गर्ने समय आइपुगेको छ । त्यसर्थ केपीका निम्ति या कार्यकाल एक विशेष परीक्षा पनि हो, यो परीक्षामा उत्तीर्ण हुन सक्नुभएन भने केपी ओली एक कुशल नाटकबाज प्रमाणित हुनुहुनेछ ।

०६३ को परिवर्तनपछि देशमा माओवादी प्रकोप बढेको र त्यस्तो प्रकोप बढाउन तात्कालिक प्रधानमन्त्री एवम् काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइरालालगायतले विशेष भूमिका निर्वाह गरिरहेको समयमा समेत ओली माओवादीविरुद्ध जसरी प्रस्तुत हुनुभएको थियो, त्यो सामान्य मानसिकताका मानिसको क्षमताभित्र पर्ने कुरा थिएन । हिंसाको जगमा उभिएर गिरिजा र कुन्नि क–कसको कुर्ताको फेर समाउँदै सत्ता–राजनीतिको केन्द्रभागमा आइपुगेका प्रचण्डहरू कहिले व्यापारीहरूविरुद्ध जाइलाग्थे, कहिले नेपाली सेनालाई झम्टन्छे त कहिले आफूसँग असहमतलाई सिध्याउँलाझैँ गर्दथे । कसैबाट आलोचना सुन्ने धैर्य र क्षमता गुमाएका प्रचण्डहरूका हरेक क्रियाकलाप टुलुटुलु हेरिरहने र तिनका अवाञ्छित व्यवहार सहिरहनुपर्ने बाध्यात्मक अवस्थामा एक्ला केपी ओली देशभक्त, प्रजातन्त्रप्रेमी, मौलिक धर्मसंस्कृतिका हिमायती राष्ट्रवादी शक्ति र एकीकृत राष्ट्रियताका पक्षधर सबै नेपालीको आशाको केन्द्र बन्नुभएको तथ्यलाई भुल्न सकिँदैन ।

त्यसबेला ओलीको क्षितिज धेरै फराकिलो भएको र उहाँका कदमहरू निर्भयका साथ अघि बढ्न खोजेको अनुभूत गरिन्थ्यो । प्रजातान्त्रिक मूल्य–मान्यता, राष्ट्रिय एकता र अखण्डता एवम् अतिवादविरुद्धको राजनीतिक रक्षा गर्न त्यसताक कोही अविचलित देखिएका थिए भने ओलीको भन्दा अगाडि उल्लेख गर्न मिल्ने नाम कसैको थिएन । उहाँ राष्ट्रियता र प्रजातन्त्रको रक्षा गर्ने, अतिवादी सोचको उन्मूलन गर्ने र माओवादीको नाममा उम्लिएको अराजकता अन्त्य गर्ने दृढताका साथ नेपाली काङ्ग्रेससँग लामो समय सहकार्य गर्ने दृढ अठोटसहित क्रियाशील हुनुहुन्थ्यो । संविधान जारी भइसकेपछि सुशील कोइरालाको हठी दम्भले ओलीलाई माओवादीको साथ लिन बाध्य गराएको हो । आलोपालो प्रधानमन्त्री बन्ने पूर्वसहमतिलाई कार्यान्वयन गर्ने प्रतिबद्धताबाट सुशील कोइराला पछि नहटेको भए प्रचण्डलाई वैशाखी बनाएर सत्ताको यात्रा गर्ने निष्कर्षमा ओली अवश्य पुग्नुहुने थिएन ।

त्यसैगरी माओवादीलाई टाँगा बनाएर मुलुकलाई एउटा बेग्लै दिशा र गति दिन प्रयास भइरहेका बेला शेरबहादुर देउवाले प्रचण्डलाई प्रधानमन्त्री पद दिएर सत्ता गठबन्धन तोडिदिएको र स्थायी निर्वाचनका क्रममा आफ्नाविरुद्ध मोर्चाबन्दी गरी माओवादीसँग चुनावी तालमेल गरेको घटनाले ओलीलाई अर्कै बाध्यात्मक अवस्थामा पु¥याएको बुझ्न सकिन्छ । स्थानीय निर्वाचनमा देउवाले प्रचण्डसँग चुनावी गठबन्धन नगरेको भए ओली माओवादीसँग पार्टी एकता र चुनावी तालमेलसम्म जाने सम्भावना कम हुन सक्थ्यो । ०६३ को परिवर्तनयता केपीले चाहेको ‘प्रचण्ड अराजकता’को संहार हो भन्ने उहाँका सोच र व्यवहारबाट स्पष्ट हुन्छ, तर पहिले सुशील कोइराला र त्यसपछि शेरबहादुर देउवाले अवलम्बन गरेको नीति–व्यवहारका कारण आफूले नास गर्न चाहेकै प्रवृत्तिसँग सम्झौता र सहकार्य गर्न ओली बाध्य हुनुभएको हो ।

मुलुकको कार्यकारी प्रमुख नभईकन देशका निम्ति ठोस कुनै योगदान पुऱ्याउन नसकिने, राज्यको कार्यकारी प्रमुख बन्न काङ्ग्रेसजस्तो प्रजातन्त्रवादी भनिने पार्टी असहयोगी रहने भएपछि ‘बाँदरसँग लगनगाँठो कस्नुपर्ने’ अवस्थाबाट केपी ओली गुज्रनुपरेको पनि नबुझिने होइन । तर, प्रचण्डसँगको सहकार्यले ओलीको आफ्नै उचाइ, विश्वसनीयता, सम्मान र भरोसामा क्षति पुऱ्याउने खतरा पैदा गरेको छ । जनताको भरोसा र बहुसङ्ख्यक राजनीतिक शक्तिहरूको विश्वास आर्जन गर्न सफल मानिस मात्र राजनेता हुन सक्ने र राजनेताको तहमा पुग्ने मानिस देशभन्दा तल ओर्लिएर सोच्न नखोज्ने या सोच्न नसक्ने प्रकारको हुनुपर्छ । देशमा अहिलेसम्म ईश्वरमा विश्वास गर्ने धार्मिक समुदायको बसोवास छ र त्यसमा पनि सनातनी हिन्दूहरूको सङ्ख्या अधिक छ । राजधानी काठमाडौंलाई विश्वमा मन्दिरै मन्दिरको शहरका रूपमा पनि चिनिन्छ र सिङ्गो नेपाललाई विश्वभरिका हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूले तपोभूमिका रूपमा स्मरण गर्ने गर्दछन् ।

वामपन्थी कम्युनिष्टहरूले निर्वाचनमा बहुमत प्राप्त गर्नुको सीधा अर्थ देशमा धार्मिक समुदाय अल्पमतमा परेको या पापी र नास्तिकहरूको सङ्ख्या दुईतिहाइनजिक रहेको भन्ने होइन । आर्थिक प्रलोभनमा पारेर धर्म परिवर्तन गराउने व्यापार–व्यवसाय जुन आज फस्टाएको छ, आफ्नो मौलिक धर्म छाड्नेहरूले पनि केवल धर्म मात्र बदलेका हुन्, ईश्वरको अस्तित्वमाथि तिनले समेत प्रश्न उठाएका छैनन् । देश सनातनी हिन्दू, ओमकार परिवारसम्बद्ध बौद्ध, जैन, शिख, किराँत, शैव र इस्लाम धर्मावलम्बीहरूबाहेकका मानिस अनिश्वरवादी पनि हुन सक्छन् ।

वामपन्थी कम्युनिष्टहरूले निर्वाचनमा बहुमत प्राप्त गर्नुको सीधा अर्थ देशमा धार्मिक समुदाय अल्पमतमा परेको या पापी र नास्तिकहरूको सङ्ख्या दुईतिहाइनजिक रहेको भन्ने होइन । आर्थिक प्रलोभनमा पारेर धर्म परिवर्तन गराउने व्यापार–व्यवसाय जुन आज फस्टाएको छ, आफ्नो मौलिक धर्म छाड्नेहरूले पनि केवल धर्म मात्र बदलेका हुन्, ईश्वरको अस्तित्वमाथि तिनले समेत प्रश्न उठाएका छैनन् । देश सनातनी हिन्दू, ओमकार परिवारसम्बद्ध बौद्ध, जैन, शिख, किराँत, शैव र इस्लाम धर्मावलम्बीहरूबाहेकका मानिस अनिश्वरवादी पनि हुन सक्छन् । कम्युनिष्टहरू सिद्धान्ततः धर्म मान्दैनन् भन्ने विश्वास माओवादीले हिंसात्मक युद्ध शुरु गर्नुभन्दा पहिलेसम्म कायम थियो । हिंसात्मक युद्धका क्रममा माओवादीले मूर्ति तोडफोड गरी मन्दिरमा फोहोर गर्ने र इसाई गतिविधिलाई पूर्ण प्रोत्साहन गर्ने गरेकोले पूर्वमान्यतामा शङ्का उत्पन्न गराएको थियो । २०६३ पछि मुलुकलाई इसाईकरण गर्न र संविधानलाई धर्मनिरपेक्ष बनाउन माओवादीले निर्वाह गरेको भूमिकाले उनीहरू धर्मविरोधी नभई सनातन मौलिक हिन्दूधर्मको मात्र विरोधी भएको र इसाई धर्म पक्षधर भएको खुलासा गरिसकेको छ ।

कम्युनिष्ट पार्टीकै नेता भए पनि केपी ओलीलाई आमजनताको नेता ठान्न थालिएको पृष्ठभूमिमा उहाँले प्रधानमन्त्री पदको शपथ लिँदा ‘ईश्वर’ नाम उच्चारण नगरेपछि आमजनताको हृदयमा चोट पुगेको छ । प्रचण्डले बाबुआमा या छोराको किरियाकर्म नगर्दा या आफ्नो पितालाई छालाको बुटजुत्ता लगाएर दागबत्ती दिँदा पनि मानिसले चित्त दुःखाएनन्, बरु कतिपयले विभिन्न माध्यमबाट असन्तुष्टिचाहिँ जाहेर गरे । तर, केपी ओलीले ईश्वर नाम उच्चारण नगर्दा आममानिसले आक्रोश प्रकट नगरे पनि मन दुखाएका छन् । केपी ओली कम्युनिष्ट पार्टीको नेता हुनुहुन्छ र कम्युनिष्टहरू पूर्ण भौतिकवादी हुन्छन् भन्ने जान्दाजान्दै पनि उहाँले ‘ईश्वर’लाई छलेकोमा आमजनताले मन किन दुःखाए भने केपीलाई एउटा पार्टीविशेषको भन्दा देशकै नेताका रूपमा बुझ्न थालिएकोले हो । जोसँग अपेक्षा राखिन्छ, गुनासो पनि ज्यादा उसैसँग रहन्छ । साधुसँग सत्कर्मको अपेक्षा राखिन्छ डाँकुसँग होइन, त्यसैले डाँकुले लुटपाट गरेको अवस्थामा भन्दा साधुले लुटपाट गरेको घटनाबाट समाज ज्यादा तरङ्गित हुने गर्दछ ।

देशको साझा नेता बन्ने अपेक्षा गरिएका व्यक्तिबाट एउटा पक्षलाई खुसी तुल्याउन बहुसङ्ख्यकलाई दुःखी बनाउने जुन व्यवहार भयो, यसले देशवासीमा खिन्नता पैदा गरेको छ । एउटा कम्युनिष्ट पार्टीका नेताबाट ईश्वरको उपेक्षा हुने घटनालाई स्वाभाविक रूपमा नलिइनु केपीका निम्ति सुखद सन्दर्भ हो । सिद्धान्ततः गैरधार्मिक समूहको नेताबाट समेत धर्मोचित व्यवहारको अपेक्षा राखिनु जनआस्थाको एउटा दृष्टान्तका रूपमा लिन सकिन्छ । देशमा प्रचण्डलाई उनको नेटवर्कभन्दा बाहिरका कसैले मानेका छन् भने त्यो केवल डरका कारणले मात्र हो । तर, केपीलाई डरत्रासले नभई प्रेमले मान्ने गरिएको छ । प्रचण्डसँग सहकार्यको क्रममा केपीको आफ्नो मौलिक पहिचान र हैसियतमा आँच आउने कर्मले यसैगरी निरन्तरता पाउन थाल्यो भने केपीप्रतिको आमबुझाइमा परिवर्तन आउने सम्भावना रहन्छ ।

केपी ओली जुन जगमा उभिएर आजको उचाइमा पुगेका छन् पार्टी एकताको नाममा ओलीको त्यही राजनीतिक र साङ्गठनिक धरातल कमजोर बनाउने खेल भइरहेको छ । कम्युनिष्टबाहेकका समुदायको समेत नेता बनेर लोकप्रिय हुन पुग्नुभएका ओलीलाई ‘आफूजस्तै कम्युनिष्ट’ बनाइदिएपछि गैरकम्युनिष्टहरूको समर्थनबाट केपी वञ्चित हुने र त्यसपछि पार्टीभित्रै केपीविरुद्धको मोर्चा सुदृढ तुल्याएर हैसियत सिध्याइदिने कुटिल चाल प्रचण्डले चालेको देखिन्छ । एकता र चुनावी तालमेलको घोषणा हुँदा ‘समाजवाद’ मा छलाङ मार्ने प्रतिबद्धता लिखित र मौखिक रूपमा केपीबाट जाहेर गर्न लगाइएको थियो । प्रधानमन्त्री नियुक्त भएपछि ‘ईश्वर’ उच्चारण गर्न नदिएर ओलीको थप कम्युनिष्टीकरण गरिएको छ ।

यसअघि प्रचण्डसँग सहकार्य गर्नेहरू कालान्तरमा आफैँ सकिएका छन्, मोहनवैद्य किरणदेखि शेरबहादुर देउवासम्मले भोगेको परिणामले प्रचण्डसँगको सङ्गत कति हानिकारक हुन सक्छ भन्ने प्रमाणित गरिसकेको छ । केपी ओली जुन जगमा उभिएर आजको उचाइमा पुगेका छन् पार्टी एकताको नाममा ओलीको त्यही राजनीतिक र साङ्गठनिक धरातल कमजोर बनाउने खेल भइरहेको छ । कम्युनिष्टबाहेकका समुदायको समेत नेता बनेर लोकप्रिय हुन पुग्नुभएका ओलीलाई ‘आफूजस्तै कम्युनिष्ट’ बनाइदिएपछि गैरकम्युनिष्टहरूको समर्थनबाट केपी वञ्चित हुने र त्यसपछि पार्टीभित्रै केपीविरुद्धको मोर्चा सुदृढ तुल्याएर हैसियत सिध्याइदिने कुटिल चाल प्रचण्डले चालेको देखिन्छ । एकता र चुनावी तालमेलको घोषणा हुँदा ‘समाजवाद’ मा छलाङ मार्ने प्रतिबद्धता लिखित र मौखिक रूपमा केपीबाट जाहेर गर्न लगाइएको थियो । प्रधानमन्त्री नियुक्त भएपछि ‘ईश्वर’ उच्चारण गर्न नदिएर ओलीको थप कम्युनिष्टीकरण गरिएको छ ।

केपीलाई एउटा कम्युनिष्टबाहेक अरू केही नभएको सिद्ध गराउँदा केपीको राजनेताबाट नेतामा अवनति हुनेछ । त्यसपछि शक्तिशाली कम्युनिष्ट पार्टीको कार्यकारी प्रमुखको हैसियत पनि खोसिएपछि ओली ‘मुसाको छोरा मुसा’ बन्ने विश्वास प्रचण्डहरूमा रहेको बुझिन्छ । ओलीलाई सिध्याउन चाहनेहरू यतिबेला बाहिरभन्दा एमालेभित्रै व्यग्र र सङ्गठित छन् । पार्टीलाई आफ्नो कब्जामा लिन हतारिनुभएका प्रचण्डबाट एमालेभित्रको सोही समूहलाई प्रयोग–उपयोग हुनेमा शङ्का गरिरहनुपर्ने हुँदैन । राजनेताको हैसियत बनाउँदै गरेका एउटा नेतालाई सिध्याउन पार्टी एकताजस्तो सुन्दर आवरणमा जे भइरहेको छ, यसबाट देशलाई चाहिँ कति लाभ या हानि पुग्ने हो प्रतीक्षाको विषय बनेको छ ।