उत्तर कोरियाको उच्चस्तरीय प्रतिनिधिमण्डल दक्षिण कोरियामा

उत्तर कोरियाको उच्चस्तरीय प्रतिनिधिमण्डल दक्षिण कोरियामा


आज शुक्रबारबाट दक्षिण कोरियामा सुरु हुन लागेको शीतकालीन ओलम्पिक खेलकूदको उद्घाटन समारोहमा सहभागिताका लागि उत्तर कोरियाली उच्चस्तरीय टोली शुक्रबार दक्षिण कोरिया पुगेको समाचार छ ।

उत्तर कोरियाको तर्फबाट किम यङ–नामको नेतृत्वको एक प्रतिनिधिमण्डल शुक्रबार दक्षिण कोरिया पुगेको हो । नाम उत्तर कोरियाको संसदका प्रमुख हुन् ।

किम जोन उनकी बहिनी नाम विगत निकै लामो समयपछि दक्षिणको भ्रमण गर्ने उत्तर कोरियाली एक उच्च सरकारी अधिकारी हुन् ।

नाम नेतृत्वको प्रतिनिधिमण्डल बोकेको विमान शुक्रबार बिहान दक्षिण कोरियाको पश्चिमी बन्दरगाह सहर इन्चोनको एक अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको बताइएको छ । सेतो रङ्गको जेट विमान शुक्रबार सो विमानस्थलमा अवतरण गरेको यहाँका राष्ट्रिय टेलिभिजनहरुले श्रव्यदृश्य प्रशारण गरेका सिन्ह्वा समाचारमा जनाइएको छ ।

सो विमानस्थलमा उक्त विमान अवतरण गर्दा सुरक्षा व्यवस्था अघिल्लो समयको भन्दा कडा बनाइएको थियो । ठूलो संख्यामा सुरक्षाकर्मी तथा हवाई उड्डयन क्षेत्रका अधिकारीहरु सो विमानस्थलमा उपस्थित थिए ।

उत्तर कोरियाको राष्ट्रिय झण्डा राखिएको उक्त विमानमा उत्तर कोरियाली नेता नामको साथमा अन्य तीनजना उच्च सरकारी अधिकारी र १८ जना सहयोगी कर्मचारी संलग्न रहेको जानकारी दक्षिण कोरियाली एकता मन्त्रालयले दिएको छ ।

बताइएअनुसार उक्त प्रतिनिधिमण्डल आइतबारसम्म त्यहीँ रहने छ । उनीहरूले दक्षिण कोरियाको भ्रमण थाल्ने कुराको जानकारी उत्तर कोरियाको सरकारी निकायले यसअघि नै औपचारिक रुपमा सार्वजनिक गरेको थियो ।

यति उच्च तहमा दक्षिण कोरियाली अधिकारी दक्षिण कोरिया पुगेकोले त्यहाँ राजनीतिक भेटघाट पनि हुनसक्ने समाचारहरु आइरहेका छन् । तर यस विषयमा भने उत्तर कोरियाले केही बताएको छैन ।

राष्ट्रिय एकता मन्त्रीद्वारा स्वागत

उत्तर कोरियाली उक्त उच्चस्तीय प्रतिनिधिमण्डललाई दक्षिण कोरियाली एकतामन्त्री चो म्योङ गियोनले स्वागत गरेका जनाइएको छ । मन्त्री च्यो, उपमन्त्री चुन हाउसुन, दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयका सुरक्षा उपनिर्देशक नाम ग्यानपो पनि स्वागतका लागि उक्त विमानस्थलमा पुगेका एकता मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

विदेशीहरुको स्वागतका लागि दिने उच्चस्तरीय सम्मान दक्षिण कोरियाले दिएको बताइएको छ । मन्त्रीस्तरका व्यक्ति विमानस्थलमा पुगेर गरिएको यो स्वागत उच्चस्तरीय रहेका पनि बताइएको छ ।

खेलकूदको शुक्रबार उद्घाटन हुँदैछ । त्यसैगरी उक्त शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा दुई कोरियाका खेलाडीहरूले एउटै झण्डामुनि ‘मार्च’ गर्नेछन् ।

उत्तर कोरियाले बारम्बार गर्ने गरेको पारमाणविक र क्षेप्यास्त्र कार्यक्रमलाई लिएर उत्तर कोरियाको अन्तर्राष्ट्रियरुपमा आलोचना भएको छ । उसले विगत लामो समयदेखि नै दबाब, नाकाबन्दी र प्रतिबन्धको सामना पनि गर्दै आएको छ ।

उक्त कटुतापूर्ण सम्बन्धलाई सुधारका रुपमा विकास गर्ने सुविधा यसै खेलकूदबाट प्राप्त हुनसक्ने भएकोले उत्तर कोरियाको आणविक होडको अवस्थामा सुधार ल्याउन सकिने अपेक्षा पनि विश्व समुदायले गरेको विश्लेषण गरिएको छ ।


अमेरिकासँग वार्ता हुँदैन : उत्तर कोरिया

ओलम्पिक खेलकूदमा सहभागिताका लागि दक्षिण कोरियामा रहदा उत्तर कोरियाली अधिकारीले अमेरिकी अधिकारीसँग द्विपक्षीय वार्ता नगर्ने स्पष्ट गरेका छन् ।

दक्षिण कोरियामा भेटवार्ताका सम्बन्धमा कुनै पूर्व तयारी र सम्भावना पनि नरहेको उत्तर कोरियाले स्पष्ट गरेको बताइएको हो ।

शुक्रबारदेखि दक्षिण कोरियामा सुरुहुन लागेको शीतकालीन ओलम्पिक खेलकूदकका लागि उत्तर कोरियाका उच्च सरकारी अधिकारी त्यहाँ गएका छन् ।

यस खेलकूदमा चीन र अमेरिकी राष्ट्रपतिहरुले पनि आफ्ना प्रतिनिधि पठाउने भएका छन् । यस क्रममा ती देशका प्रतिनिधिहरुसँग उत्तर कोरियाली अधिकारीले पनि भेटवार्ता गर्ने सम्भावना रहेको बताइएको थियो । तर पनि सो सम्भावनालाई उत्तर कोरियाले नकारेको समाचारमा जनाइएको छ ।

उत्तर कोरियाको विदेश मन्त्रालयलाई उद्धृतगर्दै यहाँको एक दैनिक पत्रिकाले भनेको छ– उत्तर कोरियाले अमेरिकासँग भेटवार्ता गर्ने कुनै पनि सम्भावना छैन, त्यो तयारी पनि हामीले गरेका छैनौँ ।