मान्छेको मासु खाने यो दम्पती

मान्छेको मासु खाने यो दम्पती


रुसका एक दम्पतीले हालसम्म तीसजना मानिस मारेर मांसाहार गरेको बयान दिएर सनसनी मच्चाएका छन् । रुसको क्रासनोदर नामक स्थाननिवासी ३५ वर्षीय दिमित्री बाकेसेव र उनकी पत्नी ४२ वर्षीया नतालियाले गत अठार वर्षदेखि मानिसको मासु खाने गरेको खुलासा गरेका हुन् । नतालिया पेसाले नर्स हुन् । यो दम्पती मानिसको हत्या गरेर तिनका कतिपय अङ्ग घरमै सुरक्षित राख्दथे । ती अङ्गलाई पृष्ठभूमि बनाएर उनीहरूले सेल्फी खिच्ने गरेका प्रमाणसमेत प्रहरीले फेलापारेको छ । नरभक्षी हुने बेला यो दम्पती त्यस्तै खालका विभिन्न भिडियो हेर्ने गर्दथे ।

यस्तो क्रूर अपराधको भण्डाफोर त्यतिबेला भयो, जब बजारमा बिक्री गर्न राखिएको एक सेकेन्डह्याण्ड मोबाइलमा मानिसको शरीरका विभिन्न अङ्गका साथ पोज दिएर खिचिएका तस्बिर देखियो । तस्बिरमा देखिएका कपलको सोधखोज गरी प्रहरीले बयान लिँदा दिमित्री र नतालियाको पहिचान खुलेको थियो ।