एघार वर्षीया बालिकाले जन्माइन् बच्चा

एघार वर्षीया बालिकाले जन्माइन् बच्चा


एघार वर्षकै उमेरमा कुनै बालिकाले बच्चा जन्माएको कुरा पत्याउन गाह्रैपर्छ । तर स्पेनमा एक ११ वर्षीयाले गत साता बच्चा जन्माएर सबैलाई चकित तुल्याएकी छिन् । बालिकाले पेट दुखेको सिकायत गरेपछि उनका अभिभावकले अस्पताल पुऱ्याएका थिए । अभिभावकले ठानेका थिए कि खानपानको गडबडीका कारण उनको पेट दुखेको होला ।

तर, चिकित्सकले जाँच गरेलगत्तै बालिकालाई बर्थिङ रुम पठाएपछि परिजन छक्क परे । केहीबेरमै बालिकाले एक बालकलाई जन्म दिइन् । मामला गम्भीर भएकोले प्रहरीले छानविन शुरु गर्यो । सोधपुछ गर्दा थप आश्चर्यमा पार्ने कुराको खुलासा भयो । बालिकाले आफ्नै १४ वर्षीय दाइबाट आफू गर्भवती भएको बयान दिइन् । दाइसँग यौन सम्पर्क गर्ने गरेको तर यस्तो नतिजा आउनेबो आफूलाई केही थाहा नभएको बालिकाको भनाई छ ।

प्रहरीले अभियुक्त किशोरलाई कुनै कारवाही नहुने जनाएको छ । किनकि, बहिनीलाई गर्भवती तुल्याउँदा उसको उमेर १३ वर्षको मात्र थियो । स्पेनको कानुनअनुसार यति सानो उमेरको व्यक्तिमाथि कुनै आपराधिक केस चलाउन मिल्दैन । छोरा जन्माएकी किशोरी र उनको नवजात शिशु स्वस्थ रहेको जनाइउको छ भने बच्चाको बाबुबारे प्रामाणिक पुष्टिका लागि डिएनए टेष्टको तयारी भएको छ ।