ताइवानमा ६.४ रेक्टरको भूकम्प, उद्दार कार्य जारी (फोटोफिचर)

ताइवानमा ६.४ रेक्टरको भूकम्प, उद्दार कार्य जारी (फोटोफिचर)


ताइवानमा ६.४ रेक्टर भूकम्प गएको छ । ताइवानको स्थानीय समय अनुसार राति ११ बजेर ५० मिनेटमा भूकम्पका गएको हो । 

त्यहाँका सरकारी अधिकारीका अनुसार भत्केका घरमा फसेका लगभग सबैको उद्धार गरिएको छ ।

ताइवानको हुआलिन शहरको तटीय क्षेत्र केन्द्रविन्दु भएर नेपाली समय अनुसार मंगलबार राति ९ बजेर ३५ मिनेट जाँदा भूकम्प गएको भूकम्पका कारण कम्तिमा दुईजनाको ज्यान गएको र दुई सय भन्दा बढी मानिस घाइते भएको बिबिसीले जनाएको छ । भूकम्पका कारण हुआलिन शहरका धेरै भवनमा क्षति पुगेको छ । हुआलिन चर्चित पर्यटकीय गन्तव्य हो ।

सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरमा भूकम्पका कारण ठूलो क्षति भएको देखिएको छ । तटीय क्षेत्रमा रहेको एक होटलको भवनमा आंशिक क्षति पुगेको र त्यहाँ धेरै मानिस फसेको अनुमान छ । उनीहरुको उद्धारका लागि प्रयास अहिले पनि भइरहेको छ ।

राति अधिकांश मानिस सुतिरहेका बेला भूकम्पले हुआलिन शहरका धेरै भवन हल्लिएका हुन् । हुआलिन चर्चित पर्यटकीय गन्तव्य हुनुका साथै एक लाख मानिसको बसोबास क्षेत्र पनि हो ।

भूकम्पपछि लगातार गएको परकम्पका कारण स्थानीय बासिन्दा त्रसित भएका छन् । ८ सय भन्दा बढी मानिसलाई सार्वजनिक आवसमा लगिएको छ ।