हवाई कारवाहीमा मारिए ३७ तालिवान आतंककारी

हवाई कारवाहीमा मारिए ३७ तालिवान आतंककारी


अफगानिस्तानको पूर्वी र उत्तरी प्रान्तमा भएको अफगान सेनाको हवाई कारबाहीमा परी ३७ जना तालिवान आतंककारी मारिएका छन् । तालिवानलक्षित उक्त कारबाही पूर्वी प्रान्त लाघमान र उत्तरी प्रान्तहरु बादख्सान र सारीपुलमा जारी रहेको त्यहाँका सैनिक प्रवक्ताले जनाएका छन् । सो कारबाही गत शनिबारबाट शुरु भएको जानकारी दिँदै सरकारी सुरक्षाबलले हेलिकोप्टरबाट उक्त कारबाही गरेको प्रवक्ता नुस्रातुल्लाह जमसिदीले बताए ।

बादख्सानको वार्डोज जिल्लामा भएको यस कारबाहीमा अन्य ६ जना तालिवान आतंककारी घाइते भएका जनाइएको छ । त्यसैगरी कारबाहीमा परी अरु केही आतंककारी घाइते भएका छन् । यसको यकिन संख्या भने दिइएको छैन ।

केही समययता आतंककारीविरुद्ध गरिने हवाई आक्रमण बढाइएको अफगान रक्षा मन्त्रालयका प्रवक्ता जनरल दौउलत वाजिरीले बताए । यस कारबाहीको विषयमा तालिवान आतंककारीले केही टिप्पणी गरेका छैनन् ।