आर्थिक तथा सामाजिक युवा परिषद्को बैठक

आर्थिक तथा सामाजिक युवा परिषद्को बैठक


युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसी न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको सातौँ आर्थिक तथा सामाजिक युवा परिषद्को ‘युवा विकासमा वित्तीय लगानी तथा कार्यान्वयनका उपाय’ विषयक मन्त्रिस्तरीय छलफलमा भएका छन् ।

त्यस अवसरमा उनले हालै नेपालले अख्तियार गरेको संघीय शासन प्रणालीले नेपालमा नै युवावर्गलाई रोजगारीका अवसरमा निम्ति उपयुक्त वातावरण सिर्जना गरेको बताए ।

उनले गरिबी निवारण कोष, युवा तथा साना उद्यमी स्वरोजगारी कोष र दुर्गम क्षेत्र रोजगारी कार्यक्रममार्फत पनि युवावर्गलाई रोजगारीका निम्ति विदेश जानु नपर्ने अवस्था क्रमशः सिर्जना भइरहेको जानकारी गराए ।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली नियोगका अनुसार मन्त्री केसी ‘दिगो शहरी तथा ग्रामीण समुदाय निर्माणमा युवावर्गको भूमिका’ विषयक छलफलमा पनि सहभागी भएका थिए । राससका अनुसार त्यस अवसरमा उनले दिगो विकासका लक्ष्य प्राप्तिमा युववर्गबाट हुनसक्ने योगदानबारे पनि चर्चा गरेको बताइएको छ ।