यसकारण बदनाम छ इन्डोनेसियाको यो बजार

यसकारण बदनाम छ इन्डोनेसियाको यो बजार


इन्डोनेसियाको सुलाबेसी बजार आफ्नो क्रूरताका कारण दिनप्रतिदिन बदनाम हुँदै गएको छ । यस बजारमा कुकुरलगायतका जनावरमाथि हुने क्रूर व्यवहारका विचलित तुल्याउने भिडियो फुटेज तथा तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल बनेपछि सुलाबेसीको बदनामी अरू चुलिएको हो । यस बजारमा मासुका लागि कुकुरलाई ज्युँदै आगोको रापमाथि सेकाउने, लठ्ठीले टाउकोमा हिर्काएर तड्पाइतड्पाई मार्ने गरिन्छ । कुकुरका अलावा उक्त बजारमा बिरालो, सर्प, चमेरोको मासु पनि बेचिन्छ । तर, जनावरलाई क्रूरतापूर्वक मारेर मात्र त्यसको मासु बेच्न राखिन्छ । सरकारी तवरबाट यस अमानवीय क्रूरता नियन्त्रणको कानुनी व्यवस्था नभएपछि सचेत नागरिक तहबाट यतिबेला इन्डोनेसियामा ‘कुकुरको मासुमुक्त इन्डोनेसिया’ नामक अभियान शुरु गरिएको छ । यस अभियानका अभियन्ताहरूले नै स्टिङ अपरेसन गरी उक्त बदनाम बजारको वास्तविक चित्र बाहिर ल्याएका हुन् ।