भारतका जोन र नेपालकी विविशा उत्कृष्ट

भारतका जोन र नेपालकी विविशा उत्कृष्ट


नेपालको प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । बुढानीलकण्ठले ७ स्वर्ण, २ रजत र २ कांस्य जितेर टीम च्याम्पियन बनेको हो ।

अखिल नेपाल खेलकुद महासंघ ललितपुरद्वारा आयोजित प्रतियोगितामा भारत दोश्रोले दोश्रो स्थान प्राप्त गरेको थियो । भारतले समान ५–५ स्वर्ण, रजत र कांस्य हात पारेको थियो । तेश्रो स्थानमा रहेको बंगलादेशले २ स्वर्ण र १ कांस्य प्राप्त ग¥यो ।

प्रतियोगिताको पुरुषमा भारतका गोलो जोन र महिलामा नेपालकी विविशा स्याङतान उत्कृष्ट खेलाडी चुनिए । पुरुषमा अंश कुमार र महिलामा विवेसन क्षेत्री उदीयमान खेलाडी घोषित भए । दुवै भारतका हुन् ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको दुईदिने प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका ३ सय ५० खेलाडीले विभिन्न ७० स्पर्धामा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक गंगालाल श्रेष्ठले जनाएका छन् ।