इन्टरनेसनल तेक्वान्दोमा मोहम्मद उमर उत्कृष्ट

इन्टरनेसनल तेक्वान्दोमा मोहम्मद उमर उत्कृष्ट


मुम्बई इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा मोहम्मद उमर खान उत्कृष्ट खेलाडी घोषित भएका छन् । फाइटतर्फ स्वर्ण पदक विजेता मोहम्मद उमर उत्कृष्ट खेलाडी घोषित भएका हुन् । उमरले ५१ केजीतौल समुहमा स्वर्ण पदक जितेका थिए । पुम्सेमा भने उमरले रजत पदकमै चित्त बुझाए ।

नेपालका लागि अब्बास खानले दुई विधामा स्वर्ण पदक जितेको टोलीका प्रशिक्षक रोशन खानले जानकारी गराएका छन् । अब्बासले ५४ केजी तौलसमुहमा स्वर्ण पदक जित्दा पुम्सेमा पनि उत्कृष्ट भए ।
महिलातर्फ निसा श्रेष्ठले पुम्सेमा स्वर्ण जितिन् । फाइटमा भने निसा कास्ंय पदकमै सीमित भइन् । ३९ केजी तौलसमुहमा हिमाल पौडेलले स्वर्ण पदक जित्न सफल भए । हिमालले पुम्सेतर्पm कांस्य पदक हात पारे । हरिस महत्तो ४८ केजीमा स्वर्ण पदक जित्दा पुम्सेतर्पm कांस्य पदक जित्न सफल भए ।

भारतको रिपब्लिक डेको अवसर पारेर भएको च्याम्पियनसिपमा पुम्सेमा प्रितम कार्कीले स्वर्ण पदक जिते । प्रितमले ५८ केजी तौलमा भने कांस्य पदकमै चित्त बुझाए । महिलाको ५० केजीतौल समुहमा रजत पदक जितेकी मेलिना गुरुङ पुम्सेमा पनि रजत पदकमै सीमित भइन् ।

पुरुषको ५० केजी तौल समुहमा कांस्य पदक हात पारेका सौगात पोख्रेलले पुम्सेमा पनि कांस्य जिते । च्याम्पियनसिपमा नेपाली टोलीका प्रशिक्षक रोशन खान बेस्ट कोच घोषित भए । नेपालकै जयदेव पौडेलले बेस्ट रेफ्रीको अवार्ड हात पारे । नेपाली टोलीमा मिरा थापा पनि प्रशिक्षक थिइन् । च्याम्पियनसिपमा नेपाली टोलीलाई आयोजकले ट्रयाक सुट प्रदान गरेको थियो । १४ सदस्यीय नेपाली टोलीले च्याम्पियनसिपमा सहभागिता जनाएका थिए ।