भिमसेनगोलामा ‘बबिन स्मृति’ ब्याडमिन्टन

भिमसेनगोलामा ‘बबिन स्मृति’ ब्याडमिन्टन


किङ कम स्पोर्टस् क्लब, भिमसेनगोलाको आयोजनामा आठौं बबिन स्मृति ब्याडमिन्टन प्रतियोगिता यही माघ २७ देखि आयोजना हुँदैछ ।

पुरुष जोडीमा मात्र खेलाइने प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघको २० औं ¥याङिकङमा परेका खेलाडीहरुले प्रतिस्पर्धा गर्न नपाउने प्रतियोगिता संयोजक राजु रायमाझीले जानकारी गराएका छन् ।

नेपाल ब्याडमिन्टन संघको नियमानुसार खेलाईने प्रतियोगितामा विजयी हुने जोडी रनिङ्ग शिल्ड, मेडल र प्रमाण पत्रका साथै नगद ४० हजार प्राप्त गर्ने छन् । त्यस्तै दोश्रो र तेश्रो हुने जोडीले नगद २५ र १५ हजारका साथै शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने जारी विज्ञप्तीमा जनाईएको छ ।

प्रतियोगिताका करिब ३६ टिमको सहभागिता रहने अपेक्षा गरिएको संयोजक रायमाझीले जानकारी गराएका छन् ।