भारोत्तोलनका तीन हस्ती सम्मानित

भारोत्तोलनका तीन हस्ती सम्मानित


भारोत्तोलन खेलको विकास र विस्तारमा विभिन्न स्थानबाट सक्रिय तथा भारोत्तोलका संस्थापक तीन हस्ती सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा महासचिव पार्थसारथी सेन गुप्त, सचिव तिलक राउत र भारोत्तोलनका प्रथम ओलम्पियन राजेन्द्र प्रधान रहेका छन् ।

काठमाडौ जिल्ला भारोत्तोलन संघले आयोजना गरेको सम्मान कार्यक्रममा गुप्तलाई अग्रज ब्यक्तित्व, राउतलाई लाईफ टाईम एचिभमेण्ट अवार्ड र प्रधानलाई प्रथम ओलम्पियन अवार्डबाट सम्मान गरिएको हो ।

तीनै सम्मानित भारोत्तोलनका महारथीहरुलाई काठमाडौं जिल्ला भारोत्तोलन संघका अध्यक्ष एवं नेपाल भारोत्तोलन संघका सदस्य विजेन्द्र विक्रम शाहले जिल्ला संघद्वारा आयोजना गरिएको बनभोज तथा सम्मान कार्यक्रममा कदरपत्र प्रदान गर्दै सम्मान गरेका हुन् ।

‘भारोत्तोलन खेलको विकासका लागि स्थापनका कालदेखि नै खेलाडी, प्रशिक्षक र कुशल ब्यवस्थापक भई राष्ट्रिय, एशियन तथा अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघको विभिन्न पदमा रहि सुमधुर सम्वन्ध स्थापना गर्नुका साथै नेपालमा भारोत्तोलन खेलको विकासमा पु¥याउनुभएको अतुलनिय योगदाको कदर गर्दै नेपाल भारोत्तोलन खेलको अग्रज ब्यक्तित्व सम्मान प्रदान गरिएको छ’, संघका महासचिव गुप्तलाई प्रदान गरिएको कदरपत्रमा लेखिएको छ ।

यस्तै अर्का सम्मानित व्यक्तित्व सविच राउतलाई खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकका रुपमा नेपालमा भारोत्तोलनको विकास र विस्तारमा पु¥याएको योगदानको करदर गर्दै लाईफ टाईम एचिभमेण्ट अर्वाडबाट सम्मान गरिएको हो ।